Rule 29
तोकिएको किसिमको वा संख्या भन्दा बढी वन्यजन्तु मरेमा बुझाउनु पर्ने
कुनै व्यक्तिले शिकार गर्दा भवितव्य परी आफूले प्राप्त गरेको अनुज्ञापत्र बमोजिम शिकार गर्न पाउने किसिम भन्दा भिन्दै किसिमको वा शिकार गर्न पाउने संख्या भन्दा बढी संख्यामा कुनै बन्यजन्तु वा पंक्षी मर्न गएमा वा घाईते भएमा त्यस्तो घाईते वा मर्न गएको वन्यजन्तु वा पंक्षीको संख्या र किसिम आफ्नो शिकार रजिष्टरमा चढाई फेला परेका मृत वन्यजन्तु वा पंक्षीलाई सोही आरक्षमा वा नजीकको बन कार्यालयमा बुझाई दिनुपर्छ ।